Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रिय जनमोर्चाका नेता माओवादी केन्द्रमा पार्टी प्रवेश

राष्ट्रिय जनमोर्चाका नेता माओवादी केन्द्रमा पार्टी प्रवेश


राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नै निवासमा उहाँहरूलाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको युग शुरू भएको र सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा मकवानपुर मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मणले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस