Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसमानुपातिक नामावलीप्रति असन्तुष्ट राजपा पार्टी, कार्यालय तोडफोड

समानुपातिक नामावलीप्रति असन्तुष्ट राजपा पार्टी, कार्यालय तोडफोड


प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ ।

प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

महासचिव झाले कार्यालय तोडफोडप्रति भत्र्सना गर्दै घटनाबारे छानबिन गरी दोषीलाई पार्टीले कारबाही गर्ने बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस