Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारघरेलु उद्योगको विकास गर्ने नीतिलाई स्थानीय तहदेखि नै कार्यान्वयन गर्नुपर्ने

घरेलु उद्योगको विकास गर्ने नीतिलाई स्थानीय तहदेखि नै कार्यान्वयन गर्नुपर्ने


नेकपा एमाले का उपमहासचिव विष्णुप्रसाद पौडेलले स्थानीय भृकुटीमण्डपमा बिहीबारदेखि जारी १४ औँ औद्योगिक प्रदर्शनीको आज अवलोकनपछि स्थानीय तहदेखि नै घरेलु उद्योगको विकास गर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले स्थानीय क्षेत्रमा आवश्यक पर्ने वस्तु तथा सामग्री उत्पादन तथा उपभोगका लागि प्रत्येक स्थानीय तहमा घरेलु उद्योग स्थापना गर्न सकेमा त्यसले स्थानीयस्तरमा रोजगार वृद्धि गर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री पौडेलले देशमा ससाना घरेलु तथा हस्तकलाका उद्योगले युवा तथा महिलालाई उद्यमशील बनाउने र अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा यस्ता उद्योगलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिँदै घरेलु उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा सहुलियत उपलब्ध गराउनुपर्ने बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस