Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार३२ लाख नेपाली रुपैंया सहित भारतीय नागरिक थानकोटमा पक्राउ

३२ लाख नेपाली रुपैंया सहित भारतीय नागरिक थानकोटमा पक्राउ


३२ लाख नेपाली रुपैंया पैसाको बण्डल सहित एक भारतीय नागरिक पक्राउ परेका छन ।
भारतको बिहार सितामणी जिल्लाका सोनुकुमार चौधरीलाई प्रहरीले स्रोत नखुलेको ३२ लाख नेपाली पैसा नागढुंगा चेकपोष्टमा शरिर भित्र लगाउने कपडाजस्तै बेरेर ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका चौधरीले आफु हार्डवयर व्यवसायमा लागेकाले सोही प्रयोजनका लागी उक्त पैसा ल्याएको बताए पनि प्रहरीलाई उनको हाउभाउ शंकास्पद र स्रोत विश्वसनीय नलागेपछि पक्राउ गरेको जनाएको छ ।

रौतहटबाट काठमाडौं आएका ती युवाले जकेट भित्र भित्रिबस्त्रजस्तै गरि पैसा राखेको प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । शंकास्पद ति युवमाथी थप चेकजाँच गर्दा शरिरमा लुकाएका हजार र पाँचसय दरका नोटको बण्डल भेटियो । उक्त रकमको स्रोत नखुलाएपछि आवश्यक कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाएका छौं उनले भने ।

 




तपाईको प्रतिक्रिया दिनुहोस