Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारश्रमराज्य मन्त्री चौधरीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

श्रमराज्य मन्त्री चौधरीद्वारा विद्यालयमा अक्षयकोष स्थापना


 श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीले यहाँको एक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

बुबा टुकलाल चौधरीको स्मृतिमा दाङको तुलसीपुरस्थित महेन्द्र माविमा उहाँले उक्त रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । ती रकममध्ये रु दुई लाखको जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र रु तीन लाख विद्यालयको शैक्षिक सामग्री खरिदका लागि खर्च गर्ने गरी अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक विष्णु थापाले जानकारी दिनुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको ५६ आँै वार्षिकोत्सव समारोहमा आज उहाँले सो अक्षयकोष स्थापना गर्नुभएको हो । सो अवसरमा राज्यमन्त्री चौधरीले अबको शिक्षा रोजगारमुखी हुनुपर्नेमा जोड दिदैं अबको शिक्षा बेरोजगार उत्पादन गर्नेभन्दा पनि प्राविधिक र रोजगारीमूलक हुनुपर्ने बताउनुभयो । (रासस)




तपाईको प्रतिक्रिया दिनुहोस