गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश २ को चुनावः उम्मेदवार नै जान्दैनन् भोट हाल्न प्रदेश २ को चुनावः उम्मेदवार नै जान्दैनन् भोट हाल्न पुलेसो २८ भदौ, २०७८, सोमबार ११:५८ सुत्रिन्त्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरदैलो गर्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने थाहा छैन । सँगैका अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान ‘म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है’ भन्दैै मतदातालाई आग्रह गर्छिन् ।मतदातामाझ भेटिएकी उनीसँग जिज्ञासा राख्दा उनले चुनाव लडेको वडा र मतदान गर्ने सही तरिका बताउन सकिनन् । सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनवित्र छिन् ।सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवारी दिएकी माओवादीकै हीरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । नागरिक दैनिक । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका