Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबलिउड अभिनेत्री कट्रिना कैफ नेपाल आउँदै

बलिउड अभिनेत्री कट्रिना कैफ नेपाल आउँदै


बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफ नेपाल आउने भएकी छिन । अाेडीसि इन्टरटेनमेन्टले फागुन २६ गते टुडिखेलमा आयोजना गर्न लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागि काठमाडौँ आउन लागेकी हुन ।

पछिल्लो समय सलमानसँग नजिक रहेकी र सलमानसँग अभिनित फिल्म ‘टाइगर जिन्दा है’ मा देखिएकि उनीले ‘दबंग टुर’ ज्वाइन गरेपछि आउने पक्का भएको हो । भारतीय मिडियाका अनुसार अमेरिका र क्यानाडामा कट्रिना जाने पक्का भईसकेको र कोलकत्ता , दुबई , नेपाल , साउथ अफ्रीकामा पनि सलमानसँगै कट्रिना आउने बताईएको छ ।

यस अघि चर्चित क्यानेडियन पप गायक ब्रायन एडम्सलाई अाेडीसिले नै काठमाडौँ ल्याएकाे थियाे । आयोजक अाेडीसि इन्टरटेनमेन्टका अनुसार सलमानका अलावा ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, प्रभु देवा र मित ब्रदर्श काठमाडौँ आउन लागेका हुन् । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस