गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार धामीले गरे सहयोगको अपिल पत्रकार धामीले गरे सहयोगको अपिल पुलेसो १६ पुस, २०७८, शुक्रबार १२:४४ गत मंसिर २३ गते अछामको विनायकमा मोटरसाइकल दुर्घटना बाट घाइते भएका पत्रकार तपेन्द्र धामीले उपचारका लागि सहयोगको अपिल गरेका छन्। पत्रकार महासंघ अछामका सहसचिव धामीको उपचार नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलमा गराइए पनि रकम अभावका कारण थप उपचार गर्न कठिनाइ भएको पारिवारतले बताएको छ।धामीको उपचारका लागि नेपाल पत्रकार महासंघले पत्रकार ‘धामी बचाउँ अभियान’ समेत सञ्चालन गरेको छ। अभियानबाट महासंघ केन्द्रबाट १५ हजार र जिल्लाबाट १५ हजार गरी ३० हजार रुपैया र पञ्चदेवल विनायक नगरपालिकाबाट ४० हजार रुपैयाँ प्राप्त भएको महासंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्रीले बताए।दुवै खुट्टा र एउटा हात भाँचिएका धामीको उपचारमा चार लाख रुपैयाँ खर्च हुने अस्पतालले बताएको परिवारले जानकारी दियो। धामीका अनुसार अहिलेसम्म दुई लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ ।#थाहा खबरबाट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका