Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारओली टिक्न सकेनन् देउवाका अगाडी, राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

ओली टिक्न सकेनन् देउवाका अगाडी, राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण


लामो विवाद र अन्योलताबीच अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नु भएको छ । एकल संक्रमणीय कि बहुमतीय भन्ने विवादका कारण रोकिएको राष्ट्रियससभा निर्वाचनसम्बन्धी विधयेकमा एमालेले आफ्नो अडान छोडेपछि राष्ट्रपतिले एकल संक्रमणीय प्रणालीका आधारमा पेश गरिएको राष्ट्रियससभा निर्वाचनसम्बन्धी विधयेक केहीबेर अघि प्रमाणीकरण गर्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवासचन्द्र नेम्वाङसँगको भेटपछि विधयेक प्रमाणीकरण गर्नु भएको बताइएको छ ।

निर्वाचन सम्बन्धी विधयेक प्रमाणीकरण भएपछि राष्ट्रियसभाको निर्वाचन हुने र तत्पश्चात नयाँ सरकार गठनका निम्ति बाटो खुल्नेछ । प्रतिनिधिसभामा वाम गठबन्धनले बहुमत ल्याएको हुँदा अब एमाले नेतृत्वको सरकार गठन गर्न बाटो सहज भएको छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस