Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रपतिद्वारा अध्यादेश जारी

राष्ट्रपतिद्वारा अध्यादेश जारी


राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्नतः राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले शुक्रबार बिहान साढे ११ बजे अध्यादेशमा हस्ताक्षर गरेकी हुन्।

अध्यादेश जारी गर्नुअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई शितल निवासमा बोलाएकी थिइन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक रोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए। राष्ट्रपति स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई सबै दलहरुबीच सहमति होस् भन्ने चाहनाले आफूले केही समय अध्यादेश जारी नगरेको बताएकी थिइन्।

एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अडि्एको थियो । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो । तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्‍यो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।

अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।




तपाईको प्रतिक्रिया दिनुहोस