गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य चौकी निर्माणलाई जग्गा दान स्वास्थ्य चौकी निर्माणलाई जग्गा दान पुलेसो १६ पुस, २०७८, शुक्रबार ११:०३ बैतडीको सुर्नया गाउँपालिका–५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । सुर्नया–५ को दीपखाली बस्ने ध्वजबहादुर बिष्टका छोरा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान गरेको छ ।लामो समयदेखि स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई भइरहेका बेला जग्गा प्राप्त भएपछि अब स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुने वडा नं ५ का वडाध्यक्ष केशवसिंह मडैले जानकारी दिए ।जग्गादाता बिष्ट परिवारलाई वडा कार्यालयका तर्फबाट धन्यवादसमेत ज्ञापन गरिएको छ । बिष्ट परिवारले स्वाथ्यचौकीका नाममा जग्गा नामसारी गरिसकेको जनाइएको छ । उक्त जमिनमा अब स्वास्थ्य चौकी भवन निर्माण कार्य थालिने भएको छ ।यसअघि पनि बैतडीका अधिकांश स्वास्थ्य चौकीका भवन निर्माणका लागि यहाँका स्थानीय बासिन्दाले जग्गादान गरेको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका