Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारहेलिकोप्टरबाट एस्काभेटर मुगुबाट सिमकोटसम्म

हेलिकोप्टरबाट एस्काभेटर मुगुबाट सिमकोटसम्म


नेपाली सेनाको हेलिकोप्टरबाट छारे सडक निर्माणका लागि एस्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्‍याइएको छ ।नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट एस्काभेटर सिमकोट लगेको हो ।सेनाको हेलिकोप्टरले मंगलबार एस्काभेटरलाई सडक निर्माणस्थलमा पुर्‍याएको हो । एस्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ ।

एस्काभेटर सल्लीसल्ला पुगेसँगै सडक निर्माण सुरु गरेको सडक निर्माणको जिम्मा लिएको सपना निर्माण कम्पनी धुलिखेल जेबीका प्रतिनिधि तेजबहादुर महतले जानकारी दिए । सल्लीसल्लादेखि सिमकोटसम्म ४६ दशमलव ९ किलोमिटर सडक निर्माणका लागि ३५ करोड बजेट विनियोजित भएको र १५ महिनाभित्रै सडकमा सवारी साधन गुडाउन सकिने महतले बताए ।

एस्काभेटर निर्माणस्थलमा पुगेसँगै सडक निर्माण सुरु गरेको हिल्सा सडक आयोजनाका सबइन्जिनियर वीरेन्द्र शाहीले बताए । ‘अब जतिसक्यो कामलाई चाँडो सम्पन्न गर्नेछौँ,’ उनले भने । सर्केगाड खोला र छारे पुल निर्माण सम्पन्न भए निर्धारित समयमै सडक निर्माण सकिने शाहीले बताए ।

११ किलोमिटरमा गाडी गुड्छ
सिमकोट–खार्पुुखण्डअन्तर्गत ११ किलोमिटर सडकमा सवारीसाधन चल्न थालिसकेको छ । खार्पुुनाथ–सुनखाडा खण्डको सडक निर्माणका लागि पनि टेन्डर आह्वान भइसकेको छ । उक्त सडक खण्डमा झोलुुंगे पुुल परेकाले त्यसलाई कसरी बचाएर अगाडि बढाउने छलफल भइरहेको जनाइएको छ ।नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस