गृहपृष्ठ ∕
समाचार ∕
ललितपुर तीन विकेटले हराउँदै भैरहवा फाइनलमा, इपिएलको फाइनलमा विराटनगर र भैरहवा भिड्ने ललितपुर तीन विकेटले हराउँदै भैरहवा फाइनलमा, इपिएलको फाइनलमा विराटनगर र भैरहवा भिड्ने
पुलेसो १५ पुस, २०७८, बिहीबार १८:०४
काठमाडौंमा जारीले एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्स भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो फाइनल छनौट खेलमा ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हराउँदै शरद भेषावकर नेतृत्वको भैरहवाले फाइनल यात्रा तय गरेको हो। खेलको १९ औं ओभरमा भैरहवाका ब्याट्सम्यान रोहित पौडेलको सीमारेखामा क्याच छोडेपछि ललितपुरले आफ्नो पक्षमा आइसकेको नतिजा गुमाएको हो।
१७ बलमा २८ रन बनाएका पौडेलले आफ्नो क्याच छुटेपछि अन्तिम ओभरमा लगातार २ बलमा छक्का हानेर भैरहवालाई रोमाञ्चक जित दिलाएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन जोडेको थियो।
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का नेतृत्वको विराटनगर यो प्रतियोगिताको अपराजित टोली हो भने भैरहवाले पनि विराटनगरबाहेक अरु सबै खेलमा जित हात पारेको छ। लिग चरणमा विराटनगरसँग हारेको भैरहवा पहिलो फाइनल छनौट खेलमा पनि विराटनगरसँगै पराजित भएको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार हुने फाइनल खेलमा भैरहवालाई विराटनगरसँग ती दुई खेलमा हारेको बदला लिने मौका हुनेछ।