गृहपृष्ठ ∕ समाचार ∕ कस्तो अचम्म दुई वटा टाउको, चार हात भएको शिशुको जन्म कस्तो अचम्म दुई वटा टाउको, चार हात भएको शिशुको जन्म पुलेसो १५ पुस, २०७८, बिहीबार १६:३५ धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमा प्रसुतीका लागि आएकी एक महिलाले चार हात, दुइ टाउको र दुई खुट्टा भएको नवजात शिशुको जन्म दिएकी छिन् ।प्रसुतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुई टाउको र दुई खुट्टा भएको बच्चा जन्मिएको प्रतिष्ष्ठानका डा. सूर्यप्रसाद रिमालले बताउनुभयो । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा सम्लग्न चिकित्सक र नर्सहरु समेत छक्क परेका थिए ।प्रसुती विभागका चिकित्सक डा. सूर्यप्रसाद रिमालका अनुसार इनरुवा –८ बस्ने चन्द्रनारायण मण्डल र सोनम मण्डल दम्पतीका छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको नवजात शिशु जन्मेको हो । उक्त नवजात शिशु स्वास प्रस्वासको समस्याले जन्मेको २४ घण्टा पछि मृत्यु भएको बुझिएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका