Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअबको मुलुकको यात्रा समृद्धिका लागिः नेता नेपाल

अबको मुलुकको यात्रा समृद्धिका लागिः नेता नेपाल


नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अबको मुलुकको यात्रा समृद्धिका लागि हुने बताउनुभएको छ ।

महोत्तरी जिल्लाका विभिन्न गाउँबस्तीमा आयोजित सभा र घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै उहाँले सो कुरा बताउनु भएको हो । बर्दिवास–९, पशुपतिनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता नेपालले संविधानमा केही कुरा थपिनु पर्ने, स्पष्ट पारिनु पर्नेसम्मका कुरामा एमाले अनुदार नरहेको स्पष्ट पार्नुभयो ।

“अहिले संविधान संशोधनका नाउँमा निकालिएका कुरा सबै बखेडा हुन्”–उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन र अभ्यास गरिँदै जाँदा थप्नुपर्ने र हटाउनुपर्ने विषय देखिए एमाले समूचित सुधारका लागि सधैँ खुला छ ।”

प्रचूर सम्भावना रहेर पनि इच्छाशक्ति र समृद्धिको योजना ल्याउन नसक्दा मुलुक पछिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समृद्धि अबको हाम्रो संकल्प हुनुपर्छ, यसका लागि तन्नेरी हातहरुको क्रियाशीलता र सरकारको इमान्दार प्रयत्नको खाँचो छ ।” यद्यपी सरकारको तर्फबाट इमान्दार प्रयत्न एमाले नेतृत्वको सरकारबाट मात्र हुनसक्ने उहाँको भनाइ थियो ।

नेता नेपालले आजै बर्दिवास–५, किसाननगर, बर्दिवास–९ पशुपतिनगर, भंगाहा–४ रामनगर, भंगाहा–५, सीतापुरबजार, औरही नपाको औरहीबजार र गौशालाबजारमा घरदैलो कार्यक्रममा सहभागी हुँदै ती ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो ।

यसैगरी, एमाले उपाध्यक्ष भीमबहादुर रावलले बर्दिवास–१ स्थित बर्दिवासचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै मुलुकको समृद्धि, लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र सुशासनको अनुभूति जनतालाई दिलाउनु दलहरुको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस