Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालमा पुस्कारको नालीबेली समेटिएको ‘नेपाली पुरस्कारको इतिहास’ सार्वजनिक

नेपालमा पुस्कारको नालीबेली समेटिएको ‘नेपाली पुरस्कारको इतिहास’ सार्वजनिक


नेपालमा स्थापित सबैजसो पुस्कारको नालीबेली समेटिएको ‘नेपाली पुरस्कारको इतिहास’ पुस्तकको आज विमोचन गरिएको छ ।

साहित्यकार डिल्लीराम मिश्रद्वारा लिखित उक्त पुस्तकमा पुरस्कारको परिभाषा तथा समाज रुपान्तरमा यसको भूमिका, पुरस्कार तथा विभूषणको ऐतिहासिक विहङ्गावलोकनसहित झण्डै १४० शीर्षकमा विभिन्न पुरस्कारका बारेमा विवेचना गरिएको छ ।

डा नीतिका मिश्र प्रकाशक रहनुभएको उक्त पुस्तकको मूल्य रु एक हजार ५९५ तोकिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र प्राडा वासुदेव त्रिपाठीले संयुक्तरुपमा यहाँ आज आयोजित कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

तनहुँ वाङ्मय समाजले आयोजना गरेको विमोचन कार्यक्रममा शताब्दी पुरुष जोशीले लेखकको उक्त कृति पठनयोग्य र ज्ञानवद्र्धक भएको बताउनुभयो ।

आयोगका अध्यक्ष शर्माले यस किसिमको कृति वाङ्मयको क्षेत्रमा युगान्तकारी र प्रेरणादायी हुने बताउनुभयो । प्रा डा त्रिपाठीले पक्षग्राहिता र विचलन अन्तर्राष्ट्रिय मानवस्तरीय समेतको हाराहारीमा रहि नेपाली पुरस्कारको चयन होस् भन्ने भाव पुस्तकमा व्यक्त गरिएको उल्लेख गर्नुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस