Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार३९ बर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजना अलपत्र

३९ बर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजना अलपत्र


कर्मचारी आन्दोलन, कहिले पदाधिकारीबीचको मनमुटाव तथा सरकारी समन्वय अभावमा बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजनाको काम अलपत्र परेको छ ।

पछिल्लो पटक लु्म्बिनी विकास कोषमा २ साता यता ज्यालादारी कर्मचारीले तालाबन्दी गरेर काम ठप्प पारेका छन् । ३९ बर्षअघि सुरु भएको गुरुयोजना पुरा हुन अझै १५ प्रतिशत बाँकी छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक र साँस्कृतिक केन्द्र बनाउन थालिएको गुरुयोजना कहिले सकिने हो टुंगो छैन । जापानी वास्तुकलाविद् प्रोफेसर केञ्जो टाङ्गेले बनाएको गुरुयोजना सन् १९७८ बाट सुरु गरिएको थियो।

अहिलेसम्मको खर्चको लेखाजोखा समेत कोषमा छैन । लामो समय भएको र जग्गा अधिग्रहणदेखिको खर्च जोड्नुपर्ने भएकाले हिसाव निकाल्न अप्ठेरो भएको कोषका लेखाअधिकृत भीम बस्नेतले बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस