Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारओलिको सपना घरघरमा ग्यास पाइप लैजाने तयारी

ओलिको सपना घरघरमा ग्यास पाइप लैजाने तयारी


दुई वर्षअघि नाकाबन्दीमा इन्धन नपाएर आक्रान्त नागरिकलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले घर-घरमा पाइपबाट ग्यास पुर्‍याउने बताउँदा निकै आलोचना भयो । अब तिनै ओली पुनः सत्तारोहणका लागि तयारी गर्दै गर्दा घर-घरमा ग्यास पाइप लैजान कति सम्भव भन्ने परीक्षण हुने भएको छ ।

यो परीक्षणलगत्तै घर-घरमा ग्यास भने पुग्ने छैन । तर, त्यसको सम्भाव्यता पत्ता ठम्याइने छ र थप अध्ययन-अनुसन्धानका लागि बाटो खुल्नेछ ।

काठमाडौं टेकुस्थित प्राकृतिक ग्यास स्टेसनमा अब केही दिनमै जमिनमुनिको ग्यासको वास्तविक अवस्था र त्यसको व्यावसायिक उत्पादन र वितरणबारे प्राविधिक परीक्षण गर्ने तयारी भइरहेको छ ।

यदि ग्यासको फ्लो-अप राम्रो भेटिए र आर्थिक तथा प्राविधिक रुपमा उत्पादनयोग्य देखिए ओलीको योजना थप अगाडि बढ्नेछ भने नदेखिए योजना स्थगित हुनेछ ।

करिब २१ वर्ष बन्द रहेको यो ‘ग्यास स्टेसन’मा अब ओलीले सुनाएका योजनाको सम्भाव्यता जाँच गरिने खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले अनलाइनखबरलाई बताए ।

यदि टेकुको प्राकृतिक ग्यास स्टेसनले ‘ग्रिन सिग्नल’ दिए उपत्यकाका अन्य १२ वटा स्टेसनमा पनि त्यसको सम्भाव्यता जाँच अघि बढ्नेछ । ती सबै स्टेसन अहिले अलपत्र अवस्थामा छन् । इमाडोलमा गरिएको परीक्षणले भने त्यहाँ व्यावसायिक उत्पादन गर्न नसकिने अवस्था दर्शाइसकेको छ ।

सबै स्थानमा ड्रिल गरेर उत्पादनको सम्भाव्यता बुझ्न नै सरकारले प्रतिकुवा ६० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ । त्यसबाट ग्यास उत्पादन सम्भव देखिए घर-घरमा वितरण गर्ने प्रणाली विस्तार गर्न करोडौं खर्चिन सरकार तयार हुनुपर्ने विभागका प्राकृतिक ग्यास महाशाखा प्रमुख पृथ्वीलाल श्रेष्ठ बताउँछन् ।

ओली सरकारका पालामा बनेको प्राकृतिक ग्यास उत्खनन्को योजना अहिलेसम्म अध्ययनमै अल्झिरहेको छ ।

पुरानो अध्ययनका आधारमा काम थाल्दा असफल हुने जोखिम उच्च भएकाले खानी तथा भूगर्भ विभाग अहिलेको अवस्था बुझ्न भन्दै थप अनुसन्धानमा लागेको छ ।

तर, पर्याप्त बजेट, विज्ञ, दक्ष जनशक्ति र आधुनिक प्रविधि अभावका कारण अध्ययन अनुसन्धानको गति सुस्त हुँदा प्राकृतिक ग्यास उत्पादन गर्ने योजना पनि बहुवषर्ीय बनेको छ । जसले फेरि पनि पुरानै नियति दोहोरिने अवस्था आउन सक्ने विभागका अधिकारी बताउँछन् ।

टेकुमा अन्तिम तयारी

३५ वर्षअघि टेकुमा जापानी सहयोग नियोग ९जाइका०ले जमिनभित्रको प्राकृतिक ग्यास निकाल्न ड्रिल गरेको थियो । तर, लामो समयसम्म त्यसलाई मर्मत सम्भार र रेखदेख नगरेपछि ड्रिलिङ गरिएको ग्यास कुवामा माटो र बालुवा भरियो ।

सोही कारण पुरानो ड्रिलिङ प्वाइन्टबाट ग्यास निकाल्न नसकिएपछि विभागले अर्को ठाउँमा ड्रिल गरेको महानिर्देशक खनालले जानकारी दिए । अहिले यो कुवाको ग्यास निकालेर प्राविधिक सम्भाव्यता अध्ययन गर्न प्राविधिकहरु अन्तिम तयारीमा जुटेका छन् ।

अब हुने परीक्षण उत्पादनबाट ओलीले भनेजस्तो घर(घरमा ग्यासको पाइप पुर्‍याउने गरी बाटो खुल्नेरनखुल्ने प्रतीक्षाको विषय हो ।

२२ वर्ष अघिसम्म उक्त कुवाबाट ग्यास निकालेर टेकु क्षेत्रका सरकारी कार्यालय, अस्पताललगायतमा वितरण हुन्थ्यो ।

२०४१ देखि ०५३ सालसम्म यहाँबाट उत्पादन भएको ग्यास पाइपमार्फत् शुक्रराज ट्रपिकल अस्पताल, भेटेरेनरी अस्पताल, सेनाको मेस, सुन्धाराको टेलिग्राफ र कारागारलगायत सरकारी कार्यालयमा वितरण हुने गरेको थियो ।

त्यतिबेला टेकुकै फोहोर संकलन केन्द्र नजिकै र त्रिपुरेश्वरमा खनिएका अन्य दुई कुवाको ग्यास पनि टेकुको यही प्रणालीमा जोडिएको थियो । अब पनि अर्को एउटा कुवाको ग्यास यही प्रणालीमा जोड्ने योजना बनाइएको छ ।

जाइकाको सहयोगमा ०४० सालतिरै खनिएका हुन्, यी कुवा । काठमाडौंका यस्ता ग्यास कुवाहरु राज्यको बेवास्ताको शिकार भएका थिए । जाइकाले ठूलो लगानी गरेर बनाइदिएको प्रणालीलाई पनि राज्यले सदुपयोग गरेन । ०४६ सालको परिवर्तनपछि यस्ता ग्यास स्टेसन चरम हेलामा परे ।

यहाँ प्रयोग भएका सबै सामग्री जापान सरकारले नै दिएको हो र जडान पनि उसैले गरेको हो ।

त्यसलाई फेरि ब्युँताउन खानी विभागले नयाँ प्रविधि र उपकरणहरु जोड्दैछ । ०५३ सालसम्म यो कुवाबाट पानीसहित ग्यास निस्किन्थ्यो । फिल्टरेसन मेसिनमा राखेर पानी र ग्यासलाई छुट्याइन्थ्यो र प्रशोधन मेसिन हुँदै बुलेटसहितको स्टोरमा हालिन्थ्यो ।

प्राकृतिक ग्यास तरल नभई हावाकै रुपमा हुने भएकाले सिलिन्डरमा भर्न सकिँदैन । यसलाई पाइपमार्फत् मात्रै वितरण गर्न सकिन्छ ।

सोहीअनुरुप ओलीले पनि ‘घर(घरमा पाइप पुर्‍याएर चाहिए जति प्रयोग गर्ने र टुकी बन्द हुने व्यवस्था गरिने’ बताएका थिए ।

नाकाबन्दीले सिकाएको पाठ

भारतले ०४५ सालमा नाकाबन्दी लगाएका बेला त्यसलाई पछ्याउँदै तत्कालीन पञ्चायती सरकारले काठमाडौंको अन्य ११ ठाउँमा पनि त्यस्तै कुवा खन्यो र ग्यासका बुलेटहरु राख्यो ।

काठमाडौंको ह्युमत टोल र ललितपुरको इमाडोलमा २र२ तथा भृकुटीमण्डप, शंखमुल, कोटेश्वर, जडिबुटी, तीनकुने, टीकाथली र टेकुमा १र१ कुवा खनिएको थियो ।

२०४७ सालतिर ती कुवालाई वितरण प्रणालीमा जोड्ने र घर-घरमा पाइपलाइनमार्फत् ग्यास पुर्‍याउने योजना रोकियो । र, टेकुको ग्यास स्टेसन बन्द भयो ।

सबै भारतबाट आउने सिलिन्डर ग्यासतर्फ आकषिर्त भए । सोही कारण स्वदेशमै उपलब्ध प्राकृतिक सम्पदाको सदुपयोग त भएन नै, देश इन्धनमा पूर्ण परनिर्भर बन्न पुग्यो ।

३र३ वर्षमा सफा गर्नुपर्ने ग्यास कुवा वर्षौंसम्म सफा गरिएन । तर, २० वर्षपछि भारतले फेरि लगाएको नाकाबन्दीले काठमाडौंमा ग्यासको हाहाकार भएपछि ओली नेतृत्वको सरकारका आँखा ती कुवामा परेको थियो ।

त्यसपछि टेकुमा प्राकृतिक ग्यासको स्टोरलाई छोपेर बसेको झाडी फाँडियो, खिया लागेको मेसिन निकालेर नयाँ ड्रिल गरियो ।

जाइकाले गरेको अध्ययनबाट काठमाडौंको भूगर्भमा ४० वर्षलाई पुग्ने प्राकृतिक ग्यास रहेको देखिएको थियो । तर, विभागले अहिले गरिरहेको अध्ययनमा जाइकाले कुनै सहयोग गरेको छैन । उसलाई सहयोगका लागि आग्रह गरे पनि चासो देखाएको छैन ।

प्राकृतिक ग्यास महाशाखा प्रमुख श्रेष्ठ जाइकाले गरेको अध्ध्यनअनुसार नै अब काठमाडौंको भूगर्भमा ग्यास नभेटिने बताउँछन् । पछिल्लो समयमा काठमाडौंमा ‘डिप बोरिङ’ गर्ने क्रम अनियन्त्रित तवरले भइरहेकाले त्यसबाट ग्यासका कुवाहरुलाई प्रभावित गरेको हुन सक्ने उनको आकलन छ ।

‘प्राकृतिक ग्यास पानीसँग घुलेर आउँछ । तर, काठमाडौंमा पानीको सतह पहिलाकै अवस्थमा छैन । डिप बोरिङहरुबाट पनि ग्यास बाहिरिएको हुन सक्छ,’ श्रेष्ठ भन्छन्, ‘अब कति सम्भाव्य छ भनेर टेकुकै कुवाले देखाउनेछ । अन्य ठाउँमा पनि ड्रिल गर्नुपर्छ ।’

विभागले यस वर्ष टेकुमै अर्को स्थानमा पनि ग्यास परीक्षणका लागि ड्रिल गर्ने तयारी गरेको छ । यदि दुवै स्थानबाट राम्रोसँग ग्यास आए व्यावसायिक रुपमै एउटै प्रणाली बनाएर उत्पादन र वितरण गर्ने विभागको योजना छ ।

‘पुराना कुवा काम लाग्ने अवस्थामा छैनन्, नयाँ खन्नुपर्छ । त्यसका लागि एउटै कुवामा लाखौं खर्च हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘अझ फिल्टर, स्टोर र वितरण गर्ने पूर्वाधारका लागि कति खर्च लाग्छ भनेर स्टिमेट भएको छैन । त्यसमा पनि ठूलो लगानी लाग्छ ।’




तपाईको प्रतिक्रिया दिनुहोस