गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आजबाट उठाउन सुरु उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आजबाट उठाउन सुरु पुलेसो २७ भदौ, २०७८, आईतबार १५:०८ उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आजबाट उठाउन सुरु गरिएको छ । काठमाडौ र ललितपुर महानगरपालिका तथा ओखरपौवाका स्थानीयवासीबीच ५ बुँदे सहमतिपछि आजदेखि फोहर उठाउन शुरु गरिएको हो ।दुई महानगरले स्थानीयवासीसँग सिसडोल ल्यान्डफिल साइटबाट प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी औषधि केमिकल नियमित हाल्ने, फोहोरलाई व्यवस्थित तरिकाले विसर्जन गरी माटाले पुर्ने, स्थानीयवासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्याउन चार महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने लगायतका सहमति गरेका छन् ।फोहोरमैलाको व्यवस्थापन गर्न स्थानीय स्तरमा अधिकार सम्पन्न समिति बनाउने र समितिले मुआब्जालगायत अन्य मागबारेमा सम्बोधन गर्ने, सरकारले छुट्याएका मुआब्जा तत्काल विरतण गर्ने र काठमाडौं–ओखरपौवा सडकका खाल्डाखुल्डी पुर्नु पर्ने सहमति भएको ललितपुर महानगरका सुचना अधिकारीले जानकारी दिए । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका