Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचुनाव हारेपछि निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्ने यी उम्मेदवार :

चुनाव हारेपछि निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्ने यी उम्मेदवार :


प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पराजित उम्मेदवारले आफ्नो पक्षमा मतपरिणाम नआएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गर्ने क्रम बढेको छ । सर्वोच्चमा दायर भएका सबै रिट हाल विचाराधीन अवस्थामा छन् । कुनै रिटमा पुनः मतगणनाको माग गरिएको छ भने कुनैमा पुनः मतदानको माग गरिएको छ । सबै रिट निर्वाचन अधिकृत र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी कांग्रेसका अमरेशकुमार सिंहविरुद्ध सोही क्षेत्रका राजपा उम्मेदवार राकेशकुमार मिश्रले रिट दायर गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै रिट दायर गरेकी छिन् ।

धनुषा क्षेत्र नम्बर ३ बाट पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले टेलिभिजनमा प्रसारित समाचारका कारण आफू निर्वाचनमा पराजित भएको भन्दै सर्वोच्चमा रिट दारय गरेका छन् । मंसिर २१ गते बिहान केही टेलिभिजन र अनलाइनले वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्दै ब्रेकिङ न्युज दिएकाले आफू निर्वाचनमा पराजित भएको यादवको दाबी छ ।

कांग्रेसका तर्फबाट संखुवासभाका उम्मेदवार दीपक खड्काले फर्जी मतका कारण आफू निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएको भन्दै पुस ५ गते सर्वोच्चमा रिट दायर गरेका छन् ।

कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा (क) का उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा धाँधली गरेर आफूलाई हराइएको भन्दै रिट दायर गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।




तपाईको प्रतिक्रिया दिनुहोस