गृहपृष्ठ ∕
समाचार ∕
तुलसीपुरबाट हराएका ६ बालिका पोखरामा भेटिए, होटेलमा यौंन शोषणको आशंका तुलसीपुरबाट हराएका ६ बालिका पोखरामा भेटिए, होटेलमा यौंन शोषणको आशंका
पुलेसो १४ पुस, २०७८, बुधबार १६:४७
गत आईतबार दाङको तुलसीपुरबाट बेपत्ता भएका ६ किशोरीहरु सामाजिक सञ्जालबाट सम्पर्कमा आएका छन । चारदिनदेखि सम्पर्क विहिन भएका तुलसीपुरका दलित बालिका फेसबुक मार्फत अभिभावकको सम्पर्कमा आएको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसी प्रकाश सापकोटाले अभिभावकले दिएको जानकारी अनुसार उनीहरुले आफुहरु पोखराको होटेलमा रहेको अवगत गराएको सूचना प्राप्त भएको बताए ।
तथ्य बुझ्नका लागि बुधवार विहानै ति अभिभावकलाई ईप्रका बोलाइएको र सूचना सत्य भएमा बालिकाको उद्धार तत्काल गरिने सापकोटाले बताए । हराई रहेका अधिकाँस बालिका तुलसीपुर ५ बसपार्क र तुसलीपुर बजार निवासी हुन ।
हराई रहेका मध्य केही बालिका गत आइतवार विहान ६ बजे विद्यालयमा ट्यिूसन पढन जान्छौं भनि विद्यालय पोशाक लगाएर घरवाट गएका थिए । तर उनीहरुको विद्यालय पोशाक र झोला तुलसीपुर ५ बसपार्क निवासी १४ बर्षीया कमला विकको घरमा फेला परेको सूचना अभिभावले दिएका छन् ।
उनीहरुलाई प्रलोभनमा पारेर होटेलहरुमा यौंन शोषण भइरहेको हुनसक्ने आशंका गर्दै प्रहरी खोजी तीव्र पारेको जानकारी दिएको छ ।