Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफोरमसँग हामी पनि छिट्टै पार्टी एकता गर्छाै : महतो

फोरमसँग हामी पनि छिट्टै पार्टी एकता गर्छाै : महतो


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच तत्काल पार्टी एकता हुने स्पष्ट पारेका छन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने विश्वास दिलाए । महतोले भने,‘राजपा र फोरमवीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’

उनले ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँगपनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । त्यस्तै उनले २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउने समेत जनाए । उनले भने,‘मुख्यमन्त्री दुई वटा पार्टीमध्ये एउटाबाट बन्नुपर्छ, फोरमबाट बन्दापनि ठिकै छ, हामीलाई कुनै आपत्ति छैन, उहाँहरुको नै बढि सिट छ।’




तपाईको प्रतिक्रिया दिनुहोस