Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभैरवहालाई पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश

भैरवहालाई पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश


विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।  बुधबार सम्पन्न पहिलो प्ले अफ् खेलमा भैरहवा ग्लाडियटर्सले लाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो । भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाइ भेट्टायो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रनको योगदान दिए।

उनले ४४ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए। त्यस्तै कप्तान पारस खड्काले २४ बलमा २ चौका र ४ छक्काको मद्दतमा अविजित ४२ र अंशुमान रथले ३२ बलमा २ चौकाको मद्दतमा २६ रन बनाउन सफल भए। विराटनगरका ओपनर ब्याट्सम्यान आसिफ शेख सून्य रनमै आउट भएपनि बाबर र अंशुमानको जोडीले राम्रो प्रदर्शन गरेपछि विराटनगर जित तर्फ लम्किएको थियो।

भैरहवाका लागि हरीशंकर शाह र पुनित मिश्रले १÷१ विकेट लिएका थिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियोे।

विराटनगर वारियर्ससामु भैरहवा ग्लाडियटर्स सुरुमा खुलेर खेल्न नसक्दा मध्यम स्कोरमै समेटियो। भैरहवाका लागि सर्वाधिक रन आरिफ शेख र पुनित मिश्रले बनाएका थिए। शेखले ४६ र मिश्रले ४९ रनको योगदान दिए । २ जना बाहेक अन्य ब्याटसम्याले दोहोरो रनको स्कोर जोडन सकेनन्।

भैरहवाले १७ रनमै ३ विकेट गुमाएको थियो । टोलीको १७ रन हुँदा कप्तान शरद भेषावकर ८ रन बनाउदै पेभेलियन फर्किएका थिए । त्यस्तै २७ रन हुँदा भैरहवाका रोहितकुमार पौडेल ७ रनमा आउट भएपछि भैरहवाको ब्याटिङ लाइन धर्मराएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका आरिफ शेख र पुनित मिश्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीको इनीङ उकासेका थिए । टोलीको स्कोर १०९ हुँदा भैरहवाका आरिफ शेख ४६ रन बनाइ क्याच आउट भएका थिए । आरिफले ३५ बलमा १ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् । त्यस्तै पुनित मिश्रले ३४ बलमा  ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाएका हुन।

भैरहवालाई १२७ रनमा समेट्न विराटनगरका लागि सहान एडिसा र करण केसीले २/२ तथा पारस खड्का, अभिनास कर्ण र बसन्त रेग्मीले समान १/१ विकेट हात पारे।

विराटनगरसँग पराजित भएपनि भैरहवालाई फाइलन प्रवेश गर्ने अझै एउटा मैका छ। आजै हुने पोखरा राइनोज र ललितपुर प्याट्रियर्सबीचको विजेता टोलीसँग भैरहवाले फाइनल प्रवेशका लागि खेल्नेछ।




तपाईको प्रतिक्रिया दिनुहोस