Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारओलीलाई दक्षिणबाट खतराको घण्टी, प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजपा र कांग्रेस तयार

ओलीलाई दक्षिणबाट खतराको घण्टी, प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजपा र कांग्रेस तयार


निर्बाचन पछी वाम गठबन्धनले बहुमत ल्याए पनि शक्ति बाँडफाँटबारे झमेला भइरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएका छन्।

नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ उनको त्यस्तो धारणा आएको छ। एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ। राजपाका केन्द्रिय सदस्य अनिल झाले भने, विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहनेरटुट्ने गरेको छ। तर यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासीर जनजाति, दलित, समावेशी र संघीयताको निम्ति उहाँ उदार नेता हो। उहाँलाई हामीले सहयोग गर्नुपर्छ।




तपाईको प्रतिक्रिया दिनुहोस