Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारउद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा ओमानले सघाउने

उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा ओमानले सघाउने


ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुलीसँग सोमबार भएको भेटमा उहाँले दुवै देशबाट आयात-निर्यात बढाउन सहकार्यका प्रशस्त सम्भावना रहेका बताउनुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानका वाणिज्य सचिवले नेपाली उद्यमी व्यवसायीलाई नेपालका उत्पादन ओमानमा बिक्री वितरणको प्रबन्ध मिलाउन आग्रह गर्नुका साथै ओमान–नेपाल व्यावसायिक सम्मेलन आयोजनाका निम्ति सघाउने बताउनुभयो ।

भेटमा कृषि, भौतिक पूर्वाधार तथा जलस्रोत र उत्पादनमूलक क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेका जानकारी दिँदै राजदूत पराजुलीले ती क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपाली उत्पादनलाई भन्सार रहित बजारसम्मको पहुँच उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उक्त दूतावासका अनुसार राजदूत पराजुलीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, निर्वाचनपछिको परिवर्तित सन्दर्भमा सामाजिक–आर्थिक विकासका निम्ति राजनीतिक दलहरुद्वारा व्यक्त प्रतिबद्धताबारे जानकारी दिनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस