Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएमालेसँग एकता नहुँदै फुट्‍यो माओवादी, बिद्रोहले केपी–प्रचण्ड तनाबमा

एमालेसँग एकता नहुँदै फुट्‍यो माओवादी, बिद्रोहले केपी–प्रचण्ड तनाबमा


प्रदेश सभा र प्रतिनिधी सभामा बाम गठबन्धन गरेका दुइ पाटी नेकपा एमाले र माओवादी केन्द्रले चुनाव पछी पाटी एकता गर्ने सहमति भएपनि अहिले नेकपा एमालेसँग एकताको विरोध गर्दै आएका माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । दुलालले माके एमालेमा विलय हुन लागेको भन्दै आफूले पार्टी छोडेको बताएका छन् ।

दुलालले आफू माओवादी केन्द्रमा नरहेको बताउँदै अध्यक्ष प्रचण्ड आफनो नेता नभएको समते बताए । उनले पार्टीमा कुनै वैचारिक छलफल नगरी एमालेमा विलय हुन लागेको दाबी गारे ।

मार्क्सवादी साहित्यमा अध्येता तथा वैचारिक नेताको रुपमा चिनिदै आएका नेता द्लालले दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने बताए ।

पार्टी केन्द्रीय समितिले बिग्रिएको पार्टीलाई सच्याउन एकमतले महान बहस गर्ने निर्णय गरिसकेको अवस्थामा नेतृत्वले नेता कार्यकर्तालाई धोका दिएको आरोप समेत उनले लगाए ।

द्लालले एमाले कम्युनिस्ट पार्टी भएको कुरा माओवादीको कुनैपनि दस्तावेजले नस्वीकारेको अवस्थामा कम्युनिस्ट एकता भन्नु हास्यस्पद भएको बताएका छन् ।

नेता दुलालले एमालेमा विलय हुन नचाहने नेताकार्यकर्ताले मिलेर कम्युनिष्ट पार्टी निर्माणमा जुटेको जानकारी दिए । यस्तै माओवादी केन्द्रका अर्का नेता तथा साहित्यकार बलराम तिमिल्सिना ‘विप्लव’ ले पनि एमालेसँग एकता गर्ने पार्टी निर्णयको ठाडो बिरोध गरिरहेका छन्।

त्यसैगरी अर्का नेता गोपाल किरातीले पनि एकताको विरोध गर्दै नयाँ पार्टी पुर्नगठनमा लागेको बताएका थिए । एमालेसँग पार्टी एकता गर्ने माओवादी शिर्ष नेताहरुको निर्णयप्रति असहमति जनाउने केन्द्रीय सदस्यहरुको संख्या बढेको माओवादी स्रोतए बताएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस