Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदशदिशाका देवता दशदिक्पालको विशेष पूजा

दशदिशाका देवता दशदिक्पालको विशेष पूजा


वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नानका लागि आज बिहान दशदिशाका देवता दशदिक्पालको विशेष पूजा गरिएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन कामपा–२४, जनबहालस्थित मन्दिरमा दशदिक्पाललाई विशेष पूजा गरिन्छ । महास्नानका समयमा कुनै पनि अप्रिय घटना तथा अनिष्ट नहोस् भनेर मूल पुजारी र थकालीले यस किसिमको पूजाका साथै संकल्प गर्छन् ।

मच्छिन्द्रनाथको महास्नानका लागि गए राति विशेष साइतमा शोभाभगवतीस्थित निर्मल तीर्थबाट नौ कलशमा जल ल्याइएको थियो । त्यसमध्ये छ कलशको जलले देवतालाई स्नान गराइनेछ भने तीन देवतालाई राखिएको स्थानमा जीवविन्यास गरी राखिनेछ । मन्दिरमा देवता निकालिएका समयमा भक्तजनले कलशलाई नै देवता मानेर पूजा गर्छन् ।

मन्दिरका मूल पुजारी अष्टरत्न बज्राचार्यका अनुसार संसारमा भएका प्राणीको दुःख हरण गर्नका लागि आर्यावलोकितेश्वरको जन्म भएको जनविश्वास छ । विशेष गरी थेरवादी बौद्ध अनुयायीले करुणामय तथा लोकेश्वर भनेर पूजा गर्ने भए पनि हिन्दू अनुयायीले समेत आस्था प्रकट गर्छन् ।

चैतशुक्ल अष्टमीका दिन देवतालाई रथारोहण गराई लगन टोलमा पु¥याएर पुनः सोही स्थानमा ल्याइन्छ । जनबहालस्थित डबलीमा देवतालाई बेलुकी महास्नान गराई प्रसादसमेत वितरण गर्ने परम्परा रहेको स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो । सो देवताको पूजा तथा जात्राका परम्परालाई कायम राखेमा वर्षाको समस्या नहुने, सबै जीवको कल्याण हुने र मुलुकमा दैवी प्रकोपजस्ता विपत्ति नआउने विश्वास छ ।




तपाईको प्रतिक्रिया दिनुहोस