Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज  दुई खेल हुने

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज  दुई खेल हुने


एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज  दुई खेल हुनेछन् । पहिलो खेलमा भैरहवा र चितवन भिड्नेछन् भने दोस्रो खेलमा ललितपुर र पोखरा आमने–सामने हुनेछन् ।

आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।

उता, पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा स्थान पक्का गरेको छ ।

हिजो भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले हराउँदै विराटनगरले फाईनल प्रवेशका लागि हुने क्वालीफायरमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा शतप्रतिशत विजयी परिणाम निकाल्न सफल विराटनगरको यो लगातार पाँचौ जित हो । हारसँगै काठमाडौंको भने ईपिएल यात्रा समुह चरणमै टुंगिने भएको छ ।

हिजै भएको अर्को खेलमा पोखरा राइनोजलाई ७ विकेटले हराँउदै भैरहवा ग्लाडिएटर्सले पनि प्ले अफमा स्थान बनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस