Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भनेर अझै टुंगो लागेन

पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भनेर अझै टुंगो लागेन


कम्युनिष्ट गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्ने जनाइए पनि अझै टुंगो लागेको छैन ।

सरकार गठबन्धनका लागि भाषणबाजी भइरहेका बेलामा पार्टी एकताको खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको बैठकमै टुंगो नहुँदा अलमल बढेको छ ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले दिएको जानकारी यस्तो छ , ‘अध्यक्ष बाहिर हुनुहुन्छ, उहाँको दिउँसो ३ बजे फर्कने फ्लाइट छ, उहाँ आएपछिमात्र बस्ने टुंगो लाग्नेछ, अहिले नै यतिबेला र यो ठाउँमा भन्ने टुंगो लागेको छैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार चितवनमा एक कार्यक्रम रहेको छ ।

मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिए लगत्तै पार्टी एकताको बैठक बस्ने बताएका दुवै दलले अहिलेसम्म गतिलो साइत निकाल्न सकिरहेका छैनन् । कान्तिपुर प्लस




तपाईको प्रतिक्रिया दिनुहोस