Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक आज

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक आज


राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक आज बस्दैछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल हुनेछ ।

चुनावमा विजयी भएका रेशम चौधरीलाई प्रमणपत्र आफै लिन आउन सर्वोच्च अदालतले दिएको आदेश लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसैगरी समानुपातिक सांसद छनौटमा देखिएको विवादबारे पनि छलफल हुने राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ११ सिट जितेको राजपाले सामानुपातिकमा ६ सिट पाउने छ । राजपाका नेताहरुले समानुपातिकको प्राथमिकताको सूचिमा आफन्त र आसेपासेलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्नेछ । बैठक सोमाबारका लागि तय भए पनि अध्यक्षमण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेपछि मंगलबारका लागि सारिएको हो । एभ्रेष्ट दैनिक




तपाईको प्रतिक्रिया दिनुहोस