Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा कसरी सक्षम हुने ?

प्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा कसरी सक्षम हुने ?


जीवनका २ दुर्भाग्य : (१) एउटाले आफूले प्रेम गर्ने जीवनसंगी पाउँदैंन (२) अर्कोले आफूले प्रेम गर्ने जीवनसंगी पाउँछ । भनिन्छ, दोस्रो दुर्भाग्य बढी खराब हुन्छ । शायद कुनै पनि दोष नभएको न श्रीमान हुन्छ न त श्रीमती हुन्छ, भन्न खोजेको होला । त्यसो भए प्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा पनि कसरी सफल हुने :

  • धेरै महत्वाकांक्षी नहुनुस् र सबै इच्छा पूरा हुन सक्दैनन् भन्ने तथ्यलाई स्वीकार्नुस् ।
  • मैेले भनेकै हुुनुपर्छ भन्ने जिद्धी नगर्नुस् । प्रेमसम्बन्ध सुमधुर राख्न वा विवाह सफल पार्न दुवैको समझदारी चाहिन्छ ।
  • आफूभित्र पनि कमजोरी छ कि ? आफ्नो दोष छ कि ? हेर्ने गर्नुस र आफ्नो दोष सुधार्ने प्रयास गर्नुस् ।
  • कुनै दोष नभएको श्रीमान वा श्रीमती हुँदैन, यस्तै हो, ‘अगाडि बढौं’ भन्ने गर्नुहोस ।

अन्त्यमा जर्ज गर्जिफको भनाईलाई राख्न चाहन्छु– ‘एक मानव लामो समयसम्म एकै रहँदैंन, उ निरन्तर परिवर्तन हुन्छ, उ आधाघण्टा पनि एकैरहन सक्दैन ।’ (अ म्यान इज नेभर दि सेम फर लङ, हि इज कन्टिन्युअल्ली चेन्जिङ, हि सेल्डम रिमेन्स दि सेम इभन फर हाफ एन आवर)

यहाँ म्यान अर्थात् मानव भनेको पुरुष र स्त्री दुवैलाई हो । मानिसको शरीरमा र मनमा प्रत्येक क्षण परिवर्तन आइरहेको हुन्छ । बाहिरबाट हेर्दा उही देखिएपनि शरीर, विचार, भावना आदि सवै क्षण–क्षणमै परिवर्तन भइराखेको हुन्छन्, जुन उसको वोली र व्यवहारमा देखिन्छ । अप्रत्यासित नौलो व्यवहार देखिने कारण यही हो ।




तपाईको प्रतिक्रिया दिनुहोस