Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपुर्व सहायक मन्त्री लोहारको ७४ बर्षको उमेरमा निधन

पुर्व सहायक मन्त्री लोहारको ७४ बर्षको उमेरमा निधन


पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री प्रताप राम लोहारको ७४ वर्षको उमेरमा शुक्रबार बेलुका ५ बजे निधन भएको छ । उहाँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य रहेका प्रतापराम लोहार विगत केही बर्षदेखि मधुमेह, मृगौला र उच्च रक्तचापबाट पीडित लोहारको उपचारका क्रममा ललितपुरमा रहेको सुमेरु अस्पतालमा निधन भएको थियोे।

लोहारकी श्रीमती, एक छोरा र चार छोरी छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोहारको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । लोहारले लोकतान्त्रिक आन्दोलन, दलित आन्दोलन र कांग्रेसको संगठनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनका एक मात्र छोरा हाल स्पेनमा रहेको र उहाँ शनिबार मात्रै बाबू प्रतापराम लोहारलाई श्रद्धाञ्जली दिन काठमाडौ आइपुगने छ्न । आइतबार विहान सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अन्तिम श्रद्धञ्जली सभाको लागि राखि छ । साथै उनको पार्थिक शरीरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार उनको अन्तिम दाहासंस्कार गरिने छ ।




तपाईको प्रतिक्रिया दिनुहोस