Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारओली निवास बालकोटमा डा.बाबुराम भट्टराई

ओली निवास बालकोटमा डा.बाबुराम भट्टराई


नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान केपी ओली निवास बालकोट चुनावी जितका लागि बधाई दिन पुगेका छन् ।

स्रोतका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए ।
ओलीले अध्यादेशमा देउवाले सल्लाह नगरी एकलौटी गरेको टिप्पणी गरेको भट्टराईले बताए ।

उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे । असोज १७ गते वाम गठबन्धन घोषणा हुँदा ओली – दाहालसँगै उभिएका उनी केही दिनमै कांग्रेससँग मोर्चाबन्दी गरेर चुनाव लड्ने निर्णयमा पुगेका थिए ।

अन्नपूर्ण पोस्टबाट

 




तपाईको प्रतिक्रिया दिनुहोस