Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमृत्युदण्ड सजाय सुनाइएकालाई आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका

मृत्युदण्ड सजाय सुनाइएकालाई आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका


पाकिस्तानमा पक्राउपछि मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौसेनालाई सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ ।
पाकिस्तान विरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि भारतको आग्रहमा मृत्यु दण्ड नदिई काराबासमा राखिएको छ ।
मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको विदेश मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई सिसाबाट देखिने र माइक्रोफोनबाट सुनिनेगरी बोल्ने र भेट्ने व्यवस्था मन्त्रालयले गरेको थियो ।
भेट्न र बोल्न आएका महिलाहरु भेट्नु र बोल्नु अघि र पछि निकै चिन्तित र तनावमा देखिएको अधिकारीहरुले बताएका छन् ।
भेट्न र बोल्न आएका ती आमाले छोरा र श्रीमतीले काराबासको सजाय भोगिरहेका कैदी श्रीमान्लाई भेटेपछि आफ्ना विमान मार्फत् भारत फर्किएका छन् ।
बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानकाबीच लामो समयदेखि दुईदेश बिच तीन ओटा युद्ध भएका छन् ।
आणविक हतियार भएका दुवै देशले हिमाली क्षेत्र कश्मीरलाई आफ्नो देशको भूभाग भएको दावी गर्दै आइरहेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस