Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमधेशका जनताको मुक्ति माओवादी केन्द्रले गर्ने : अध्यक्ष दाहाल

मधेशका जनताको मुक्ति माओवादी केन्द्रले गर्ने : अध्यक्ष दाहाल


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताको मुक्ति माओवादी केन्द्रले नै गर्ने बताउनुभएको छ ।

बाराको सदरमुकाम कलैयामा आज प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही पार्टीले तराई, पहाड, हिमालबीच फाटो ल्याउने काम गरेको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले) का कारणले संविधान संशोधन नभएको बताउँदै दाहालले माओवादी केन्द्र संघीयता र गणतन्त्रलाई मूलमन्त्र बनाई अगाडि बढेको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले संविधान संशोधन पारित गराएरै छाड्ने प्रतिबद्धता पनि सो पत्रकार सम्मेलनमा व्यक्त गर्नुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस