Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपाल आइडलबाट सागर अाले बाहिरिए, यस्ताे छ मत परिणाम

नेपाल आइडलबाट सागर अाले बाहिरिए, यस्ताे छ मत परिणाम


नेपाल आइडलको शीर्ष चार प्रतियोगीहरु मध्येबाट सागर आले बाहिरिएका छन्। दर्शकहरुको मतका आधारमा भएको छनौटमा अन्य भन्दा कम मत पाइ उनी बाहिरिएका हुन्।

योसँगै नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाकी रहेका छन्। अन्तराष्ट्रिय फरम्याटको नेपाल आइडियलमा गतहप्ता टप फोर मध्ये कसैलाई पनि आउट नगरेपछि अदातलमा मुद्दा दायर भएको थियो।

अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेका थिए। एपी वान टेलिभिजबाट प्रशारित नेपाल आइडल रोक्नका लागि परेको रिट शुक्रबार काठमाडौँ जिल्ला अदालतले खारेज गरेको थिए।

पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने एक्सक्लुसिभ बिबरण अनलाइनखबरले प्राप्त गरेको छ । जसमा कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस