गृहपृष्ठ ∕
समाचार ∕
इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसियामा अवतरण गर्न रोक इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसियामा अवतरण गर्न रोक
पुलेसो १२ पुस, २०७८, सोमबार ७:४२
ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । ट्युनिसियाका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई राजधानी ट्युनिसियामा अवतरण गर्न नदिएको हो ।
ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दा अधिकारवादी संस्थाले विरोध गरेको तथा घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न प्रतिबन्ध लगाएको छ ।
कानुनको पालना तथा अन्तर्राष्ट्रिय सम्झौता अनुसार उडान भर्न तयार नभएसम्म इमिरेट्स एयरलाइन्समाथिको प्रतिबन्ध कायम रहने ट्युनिसियाको यातायात मन्त्रालयले जनाएको छ ।
तर युएईले भने सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको दाबी गरेको छ । दुबई एयरपोर्टमा ट्युनिसियन महिलालाई इमरेट्स एयरलाइन्सले गएको केही दिनदेखि चढ्न रोक लगाउने गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरक्षाका कारण यस्तो केही समस्या भएको तर ट्युनिसियन महिलालाई आफ्नो देशले पूर्ण सम्मान गर्ने युएईले बताएको छ । तर घटना के हो भन्ने बारे स्पष्ट खुलेको छैन । बिबिसी