Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने : अध्यक्ष ओली

एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने : अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो । 

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उहाँको भनाइ छ । एमाले मधेस विरोधी होइन भन्दै उहाँले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताउनुभयो । 

नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उहाँको भनाइ छ । एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस