Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफोनमा विवाद भएपछि एक महिलाले गरिन आत्महत्या

फोनमा विवाद भएपछि एक महिलाले गरिन आत्महत्या


वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका पतिसँग फोनमा विवाद भएपछि दाङमा एकजना महिलाले आत्महत्या गरेकी हुन।

बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी २२ वर्षीया कमला विकले विदेशमा रहेका आफ्ना पतिसँग फोनमा विवाद भएपछि आवेगमा आएर विषादी सेवन गरी आत्महत्या गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटा अनुसार कमलाको उनका पतिसँग फोनमा झगडा भएपछि उनले विष सेवन गरेको भन्ने खुल्न आएको छ तर, झण्डै तीन वर्ष अघि रोजगारीका लागि विदेशिएका उनका पति अबको २र ४ दिनभित्रै नेपाल  आउने तयारीमा रहँदा कमलाले विष सेवन गरि आत्महत्या गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।

परिवारका अन्य सदस्यका अनुसार कमलाले पतिसँग फोनमा झगडा भएपछि शनिबार राति साढे १० बजेतिर विष सेवन गरेकी थिइन्। राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा कमलाको बाँकेको कुसुममा आइतबार बिहान साढे ३ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ। कमला र उनका पतिबाट पाँच वर्षीय एउटा छोरा पनि छ।




तपाईको प्रतिक्रिया दिनुहोस