गृहपृष्ठ ∕ समाचार ∕ पोल्याण्ड सरकारले न्यायपालिकाविरुद्ध कू :प्रधान न्यायाधीस पोल्याण्ड सरकारले न्यायपालिकाविरुद्ध कू :प्रधान न्यायाधीस पुलेसो ११ पुस, २०७८, आईतबार ११:२६ पोल्याण्डकी प्रधान न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ’कू’ गरिरहेको आरोप लगाउँनुभएको छ । सरकारले कानूनी हिसाबले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक भएको हो ।प्रधान न्यायाधीस मागोजाटा जेर्स्डर्फले भन्नुभएको छ, सरकारले सिङ्गो मुलुक डुब्न सक्ने बाटो ‘रसातलतर्फ’ हिडेको प्रतिक्रिया दिनुभयो ।पोल्याण्डको न्यायिक सुधारलाई लिएर युरोपेली संघ ९इयु० ले हालै अनुशासनसम्बन्धी अभुतपूर्व कदमहरु चालिसकेको छ । :आफ्ना चासोहरुलाई सम्बोधन गर्न इयुले पोल्याण्डलाई तीन महिने समयसीमा दिएको छ ।शुक्रवार प्रकाशित प्रधानन्यायाधीश जेर्स्डर्फको खुलापत्रमा भनिएको छ, “देशका महत्वपूर्णमध्येका एउटा संस्थाको संरचनामाथि कू भइरहेको छ । त्यो पनि सैन्य बल वा अर्धसैनिक फौजको प्रयोग गरेर नभई वैधानिक संस्थाहरुको गलत प्रयोग गरेर।”“संविधानको रुपमा लेखिएको सामाजिक सम्झौतालाई नतोड्न म सरकारलाई सचेत बनाउन चाहन्छु ।राष्ट्रपति एन्जे डूडाले सर्वोच्च अदालत र राष्ट्रिय न्याय परिषद्मा सुधारसम्बन्धी दुईवटा विधेयकमा हस्ताक्षर गरिसकेका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका