Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार‘२ रुपैयाँ’ रिलिज, ‘ए मेरो हजुर २’ दोश्रो हप्तामा

‘२ रुपैयाँ’ रिलिज, ‘ए मेरो हजुर २’ दोश्रो हप्तामा


चलचित्र निर्देशनमा आफ्नो छुट्टै छाप छाडेका निर्देशक निश्चल बस्नेत अभिनित चलचित्र ‘२ रुपैयाँ’ आजबाट रिलिज भएको छ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा उच्च शोका साथ रिलिज भएको यो चलचित्रले व्यापारमा पनि नयाँ रेकर्ड राख्ने अड्कल काटिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘२ रुपैयाँ’का लागि हुने ग्याङ फाइटको कथालाइ निर्देशकले कमेडी शैलीमा यो चलचित्रमा उतारेका छन् । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यो गीतका कारण पनि चलचित्रलाइ फाइदा पुग्नेछ ।यस्तै, गत शुक्रबारबाट रिलिज भएको नायिका झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ पनि दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता आक्रामक व्यापार गरेको यो चलचित्रले दोश्रो सातामा पनि मल्टिप्लेक्सका केही शो पाएको छ भने सिंगलमा पनि चलिरहेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकार यो चलचित्रमा मुख्य भूमिकामा छन्




तपाईको प्रतिक्रिया दिनुहोस