Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएमालेको बहुमत आएको भए टाढिने सम्भावना थियो : प्रचण्ड

एमालेको बहुमत आएको भए टाढिने सम्भावना थियो : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको बताए ।

बुधबार नवलपुरको कावासोतीस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

आफ्नै प्रस्तावमा वाम गठबन्धन बनेको र सोही गठबन्धनअनुसार पार्टी एकता हुने भएकाले ढुक्क रहन उनले आफ्ना कार्यकर्तालाई आवश्वासन दिए ।

‘एक्लै बहुमत आउन सक्ने अवस्था हुदा एमाले पार्टी एकताबाट टाढिन सक्ने सम्भावना रहन्थ्यो,’ अध्यक्ष दाहालले भने, ‘यतिखेर एमाले एकताप्रति सकारात्मक छ ।’

उनले माओवादी केन्द्र जता गयो त्यतै सरकारका लागि बहुमत पुग्ने भएकाले अहिलेको शक्तिकेन्द्र माओवादी भएको दाबीसमेत गरे ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरूसँग मिलेर सरकार बनाउन खोजे पनि बहुमत नपुग्ने भएपछि वाम गठबन्धनको पार्टी एकता गर्नुको विकल्प नभएको उल्लेख गरे ।

त्यस्तै, राष्ट्रिय सभा गठनका लागि उनले मंगलबारको बैठक पनि आफैंले डाकेको तर सहमति जुट्न नसकेको बताए ।

‘एकल संक्रमणीय प्रणालीमा जाँदा राष्ट्रिय सभामा पाँच दलको प्रतिनिधित्व हुने र बहुमतीय प्रणालीमा जाँदा वामगठबन्धनको मात्र प्रतिनिधित्व हुने देखिन्छ,’ अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनलाई फाइदा हुने भए पनि एकल संक्रमणीय प्रणालीमा गएर सबै दलको प्रतिनिधित्व गराउनुपर्छ भन्ने मेरो भनाइ हो ।’ राजधानी दैनिकले समाचार छापेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस