Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नुपर्छ : नेता सिंह

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नुपर्छ : नेता सिंह


नेपाली कांग्रेसका नेता एवम पुर्व महामन्त्री प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नुपर्ने बताएका छन् । सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको राजधानीमा आयोजीत एक कार्यक्रममा नेता सिंहले बताए ।

नेता सिंहले निर्वाचनको दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउदा पनि राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकोमा दुःख व्यक्त गरे ।

प्रजातान्त्रिक परिपाटीअनुसार कांग्रेसले विधि, प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्नुका साथै पाटीको कमजोर नेतृत्व कमजोर भएका कारण निर्वाचनमा नतिजा खस्किएको भन्दै कांग्रेसमा सुधारको खाँचो रहेको नेता सिंहको भनाइ छ । नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन ।




तपाईको प्रतिक्रिया दिनुहोस