गृहपृष्ठ ∕ समाचार ∕ मंसिरमा हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन मंसिरमा हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन पुलेसो २५ भदौ, २०७८, शुक्रबार ११:४४ पाल्पा, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ । राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उहाँले बताउनुभयो ।प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ थियो ।तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उहाँले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताउनुभयो । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो । रासस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका