Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रतिनिधिसभा निर्वाचनमा चितवनबाट चुनाव लड्ने प्रचण्डकाे घोषणा

प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट चुनाव लड्ने प्रचण्डकाे घोषणा


पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने उद्घोष गरेका छन्।  प्रेस सेन्टरले शुक्रवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले बीरगञ्ज बैंठकबाटै चुनाव चितवनबाट लड्ने निर्णय भएको खुलाए। ‘बीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ। चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ’, उनले भने, ‘त्यसैले म चितवनबाट चुनाव लड्दैछु।’

उनले आफु समग्र देशको अनुभव लिएर चितवन आउन लागेको भन्दै चितवनलाई उत्कृष्ट शहर बनाउन आफुले गुरुयोजना बनाइरहेको बताए। ‘यहाँकाे दीर्घकालिन विकासको गुरुयोजना बनाउँदैछु’, प्रचण्डले भने, ‘भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ, मैले यसबारे चीनियाँहरुसँग पनि कुरा गरेको छु।’

प्रचण्डले नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृर्षिको आधुनिकिकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।




तपाईको प्रतिक्रिया दिनुहोस