Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएसइई परीक्षा तयारीका लागि सामुदायिक विद्यालयलाई २५ हजार रकम उपलब्ध

एसइई परीक्षा तयारीका लागि सामुदायिक विद्यालयलाई २५ हजार रकम उपलब्ध


जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि रकम उपलब्ध गराइएको हो ।

जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु २१ लाखभन्दा बढी रकम छुट्याएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिनुभयो । सम्बन्धित विद्यालय वा अन्य शिक्षकद्वारा पूर्णरुपमा सो विषयका कोर्ष तयारी गर्ने शिक्षकलाई सो रकम दिइने जिल्ला शिक्षा अधिकारी दाहालले बताउनुभयो ।

महोत्तरीमा २० वटा निजी तथा ८५ वटा सामुदायिक गरी १०५ माविका आठ हजारभन्दा बढी विद्यार्थी सो परीक्षामा सहभागी हुने बताइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस