Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदुई किलो सुनसहित तीन पक्राउ

दुई किलो सुनसहित तीन पक्राउ


नेपालगन्ज, ५ भदौ । नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट प्रहरीले करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

सुराकीको आधारमा शनिबार राति अबेर सो होटलको कोठा नं २०३ मा छापा मारेर प्रहरीले बाँके बैजापुरका मंगलप्रसाद थारु, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सुनसहित पक्राउ गरेको हो ।

क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोको टोलीद्वारा छापा मारी बरामद गरिएको सो सुन र पक्राउ आरोपीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस