शुक्रबारबाट काठमाडौंको कोटेश्वरमा सुरु भएको एकताको दोस्रो राष्ट्रिय सम्मेलनले आइतबार दीपशिखाको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको नेता मणि थापाले जानकारी दिए ।
पदाधिकारीमा को-को परे ?
दीपशिखा यसअघि वाईसीएलका महासचिव थिए । वाईसीएल अध्यक्ष पदमा उपाध्यक्ष लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ पनि दावेदार थिए ।
वाईसीएलको पदाधिकारी १९ सदस्यीय छ । उपाध्यक्षमा गंगा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने र रतन सिं चयन भएका छन् ।
यस्तै सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, पूर्ण भुजेल, गणेश शाही, मदनबहादुर मल्ल, विश्वबहादुर महत, रञ्जित अधिकारी, दिवस पाण्डे, शिवराम कुसवाहा र सुमित ढुंगाना छन् ।
कोषाध्यक्षमा मिङ्मा तुण्डु शेर्पा चयन भएका छन् ।
बन्दसत्रको हलबाट दीपशिखाको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति र १९ सदस्यीय पदाधिकारी सार्वजनिक गर्दै कार्यक्रम सम्मेलन समापन भएको घोषणा गरिएको छ । तर केन्द्रीय समितिमा आफूहरु नपरेको भन्दै केही असन्तुष्ट कार्यकर्ताहरुले विरोध गरेका छन् ।-अनलाइनखबर