Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेशकै सुविधासम्पन्न चलचित्र घर सञ्चालनमा

प्रदेशकै सुविधासम्पन्न चलचित्र घर सञ्चालनमा


सुर्खेत,यहाँ प्रदेशकै सुविधासम्पन्न चलचित्र घर सञ्चालनमा आएको छ । 
वीरेन्द्रनगरमा रु साढे चार करोडको लगानीमा निर्माण गरिएको ‘लक्ष्मी चलचित्र मन्दिर’को शुक्रबार पूर्वमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो । 
अत्याधुनिक प्रविधियुक्त सुविधा भएको उक्त चलचित्र घरको प्लाटिनम र गोल्ड गरी २४० सिट क्षमता रहेको र थ्रि–डी र एच–डी दुवैस्तरमा चलचित्र हेर्न सकिने प्रबन्ध निर्देशक सुमित गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्र घरको बाहिर आवश्यक सवारी पार्किङ तथा भित्र क्याफे र आधुनिक प्रणालीको शौचालयसमेत छ ।




तपाईको प्रतिक्रिया दिनुहोस