Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनवनिर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिन माग

नवनिर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिन माग


राष्ट्रिय जनता पार्टीले नबनिर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिन निर्बाचन आयोगलाई आग्रह गरेको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निवार्चनमा बिजयी चौधरीलाई वारेसनामा मार्फत प्रमाणपत्र उपलब्ध गराउन पार्टिले आयोगको ध्यानाकर्षण गराएको हो ।

आज राजधानिमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरिलाई विभेदकारी व्यबहार नगर्न निर्वाचन आयोगलाई सचेत गराउनुभयो । छानविन आयोगले मधेश घट्नाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाईसकेको उल्लेख गर्दै उहाँले त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न माग समेत गर्नुभयो ।

त्यस्तै नवनिर्वाचित सांसद चौधरीकी धर्मपत्नि रञ्जिता चौधरीले थारु भएकै कारण विजयी जुलुस समेत निकाल्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । निर्बाचनका बेला पनि सुरक्षकर्मीबाट प्रचारप्रसारमा व्यापक दमन र पक्षपात भएको उहाँले स्मरण गर्नुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस